My Opinion:

It is my great pleasure to join you for the occasion of the greatest demonstration for the emancipation from racial discrimination in the history of our country.

Four and half decades ago, a king of Nepal announced ‘Civil Codes’ to end the racial discrimination prevailed in the society from the ages, established by the orthodox Hinduism. This momentous decree came as a hope of millions of so-called Depressed people who had been oppressed in the name of caste and had been seared in the flame of withering justice...

View More

Interview
 
अन्तर्वार्ता


तपाइले राजनीति कहिलेदेखि सुरु गर्नु भयो -

नेपाल विद्यार्थी संघ मार्फ २०३३ सालदेखि सुरु गरे । त्यतिवेला म ने.वि.संघ तदर्थ समिति पर्वतको सदस्य थिए ।

त्यसपछि -

जिल्ला कार्य समिति पर्वतको सचिव र अध्यक्ष भए । त्यतिवेला राजनीति गर्न धेरै गाह्रो थियो । लुकिछिपि संगठन गर्नु पथ्र्यो ।

यो चालीस सालभन्दा पहिलाको कुरा हो हैन - त्यसपछि के के गर्नु भयो -

त्यसपछि म काठमाडौंमा आए । सरस्वती क्याम्पसमा आइकममा भरना भए । क्याम्पस इकाइको सचिव भएर ने.वि. संघको केन्द्रीय स्तरको राजनीति सुरु गरे ।

तपाइले शिक्षक राजनीति पनि त गर्नु भयो नि हैन त -

हो । प्रजातन्त्रवादी शिक्षक संघको काठमाडौं जिल्लाको अध्यक्ष देखि केद्रको् सचिव ,माहासचिव, उपाध्यक्ष भए ।

कठिन अवस्था देखि अहिले सम्म कांग्रेसभित्रै रहनृु भयो -

मेरो सहभागिताकोर् इतिहासले त त्यहि देखाउ छ ।

तपाइको कांग्रेससंगको सहभागिता के -

पहिलो कुरा त नेपाली कांग्रेसको भातृ सस्था ने.वि.संघ र सभेच्छुक सस्था शिक्षक संघमा काम गर्नु नै कांग्रेससंगको सहभागिताको निरन्तरता हो । दोस्रो कुरा अहिले म माहाधिवेशन प्रतिनिधि र शिक्षा विभागको सचिव छु । केद्रमा समन्वय र संगठन विभागको सदस्य भइसकेको छु ।

जिल्लामा के हुनु हुन्छ -

पार्टर्ीीे जिल्लामा मौका पाइसकेको छैन । सायद जिल्लामा सहभागि हुने योग्यता वनी सकेको छैन होला ।.-हास्दै)

यो यात्रामा जेल पनि पर्नु भएको छ -

चुक्ने कुरै छैन ।

प्रहरीको चुटाइ पनि खानु भएको छ -

यसको पनि राम्रो अनुभूति छ ।

यति धेरै पार्टर्ीींगठनका कामहरु गर्दा तपाइलाई वेहोर्ने साक्षीहरु पनि छन् -

होलान् । पेटमा धर्म भएका जसले मलाइ नजिकवाट देखे र खुरापातको राजनीतिमा विश्वस राख्दैनन् उनिहरु मेरा साक्षीहरु हुन् ।

नमिठो अनुभूति पनि त होलानि -

छन् । सामन्तहरुले मेरो झुपडि फ्याकि दिएका छन् तिनिहरु अहिले पनि जिउँदै छन् । प्रजातान्त्रिक समाजवादको मूल्य र मान्नेता वोकेको पार्टर्ीीे राजनीतिको सुरुवात सगारठेलामा वसेर गरेको छु । जातिय रुपमा अपमानित भएर नारायण मा.वि.को शिक्षकवाट निकालिएको छु । होटलमा भात खाएर निस्के पछि भाडा माझेन भनेर लाठा लिएर आएको वेहोरेको छु । वास पाएको छैन । अभाव, गरिवी र विपन्नताको अनुभूति छ मसंग । थुप्रै अपमानहरु सहेको छु ।

अहिल तपाई राससको अध्यक्ष हुनुहुन्छ हैन -


हो ।

तपाई पेशाले त शिक्षक होइन र -

हो , पेशाले शिक्षक हुँ । पेशा पत्रकारिता होइन तर पत्रिकाहरुमा लेखहरु लेख्नेमा म पनि पुरानो व्यक्ति हुँ ।

तपाईलाई खरो लेखक भन्छन् हैन -

यो मरो लेख पढ्नेहरुको मूल्यङ्कन हो ।

तपाई कत्तिको पढ्नु हुन्छ नि -

मेरो अहिलेसंमको उपलब्धि नै मेरा अध्यन हो । म मेरो व्यक्तिगत पुस्ताकलयमा दैनिक केहि घण्टा पढ्छु ।

तपाईलाई राससमा तपाईको क्षमता हेरेर ल्याएका हुन्कि दलित भनेर -

यो मलाई थाहा छैन । म शिक्षक संघको माहासचिव भए तर दलित भएर होइन । पर्वत जिल्लाको ने.वि.संघको अध्यक्ष पनि दलित भएर भएको होइन । त्यतिवेला परिस्थिति सहज थिएन त्यो असहज परिस्थितिमा म होमिएको थिए । अहिले पद कसैले सजिलै छोड्छ - दलितभित्र पनि क्षमता भएका मानिस छन् भने ल्याउनर्ुपर्छ भन्ने मान्यता अनुसार मलाई पार्टर्ीीराससमा ल्याएको हुनसक्छ ।

तपाई राजनीतिमा किन लाग्नु भयो -

समाजको रुपान्तरण गरेर समाजवादी समाजको स्थापना गर्न सकिन्छकि भनेर राजनीतिमा लागियो । मेरो राजनीतिक अभियान ब्राहृमणवाद र सामन्तवादका विरुद्ध हो । हाम्रो सम्पूण समाज ब्राहृमणवाद र सामन्तवादले जेलिएको छ । ब्राहृाणवादको फुटप्रस्त सुत्रद्वारा हाम्रो समाज चलेको छ । त्यसैले समाजको रुपान्तरण हुन जरुरी छ ।

ब्राहृमणवाद र सामन्तवादको अन्त्यका लागि नेपाली कांग्रेस उपयुक्त पार्टर्ीीो त -

कसैकसैले होइन भन्छन् तर ब्रकहृमणवाद र सामन्तवादको शत्रु पार्टर्ीीेपाली कांग्रेस हो भन्ने कुरमा म विश्वस्थ छु । किनभने जमिन जोत्नेको भन्ने पार्टर्ीीेपाली कांग्रेस हो । वाहुको किरिया नगर्ने नेता वि.पि.कोइरालाको पार्टर्ीीेपाली कांग्रेस हो । वाहुनलाई हलो जोताउने पार्टर्ीीेपाली कांग्रेस हो । पहिलो पटक पशुपतीमा दलितलाई प्रवेस गराउने नेतृत्व गर्ने पार्टर्ीीेपाली कांग्रेस हो । कुनै व्यक्ती नेपाली कांगे्रस होइन । व्यक्तीका कुरा गर्ने हो भने २०३९ सालमा वाहुनकि छोरीलाई दलित शिक्षकले गालामा हान्यो भनेर हाम्रै कांग्रेसी व्यक्तीहरुको सक्रियतामा निकालिएको शिक्षक हुँ म । सायद उनिहरु अहिले पनि कांग्रेसको मतदाता होलान् । सिद्धान्तका अगाडी व्यक्ती गौढ हुन्छ ।

कम्युनिष्ट किन हुनुभएन -

कम्युनिष्ट हुन सकिन । वि.पि.ले भनेको समाजवादमा प्रजातन्त्र थपिदियो भने प्रजातान्त्रिक समाजवाद हुन्छ र प्रजतन्त्र झिकिदियो भने साम्यवाद हुन्छ । मेरो पहिलो स्कुलिङ यहि हो । हुन त मलाई तोयानाथ चालिसेले साम्यवादी दर्शन र साहित्य आफ्नो कोठामा राखेर धेरै पढाउनु भएको थियो । सैद्धान्तिक दृष्टिकोणले सारै असल र प्रतिवद्ध मानिस हो उँहा । उँहा मेरो जात मोचन गर्ने दोस्रो व्यक्ती हो । वाहुनको घरको चोटामा मलाई लाने दोस्रो व्यक्ती हो उँहा । उँहा र कृष्ण प्रसाद भट्टार्राई उँहाहरु भूमीगत हुदा मेरो घरमा लुक्नुभएको छ ।

तपाईको जात मोचन गर्ने पहिलो व्यक्ती को हो नि -

धनञ्जय शर्मा अधिकारी । उँहा अत्यन्तै प्रगतिशील विचारको व्यक्ती हो । वाहुनको भान्सामा पहिलो पटका उँहाको भान्सामा खाएको छु । र मैले खाएको भाडाहरु वैनी सरस्वतीले पखालेकि छन् । मलाई जातीय हिनतावोदवाट माथी उठाउने प्रमुख व्यक्ती हो उँहा । यसले मेरो मनोवल निकै वढायो ।

जातका कारणले पनि दुःख पाउनु भएकोछ -

मेरो आजसंमको पिडा नै यहि हो । मैले कतिठाउमा वास पाएको छैन । मेरो ज्यानको समेत जोखिम भएको छ । यो घटना सालिजामा भएको हो । वसेको ठाउवाट रातीनै भागेर मुडेको वनमा रात विताएर घर फर्केको छु । ऋषीकेश तिवरी र म कुश्मा वजारको एउटा होटलमा खान खाएर निस्कदा भित्र वसेर खायो भनेर म माथी लाठालिएर आएका छन् । त्यतिवेला ऋषीले गुन लगाउनु भएकोछ । ऋषी पनि प्रगतिशील सोच भएको व्यक्ती हो । एकपटक त प्रहरीद्वारा समातिएको छु । ने.वि. संघको वैठक कुश्मा नारायण थानमा वसेका थियौ । तयतिवेल म अध्यक्ष थिए । वैठक वसेको प्रहरीले थाहा पाएछ र हामीलाई घेरा हाल्यो , हामी भाग्यौ । भाग्दा साथीहरु त्यही वरपरका घरहरुमा पसे,म पस्न पाइन मलाई प्रहरीले समायो र खुव यातना दियो । सायद म कसैको घरभित्र पसेको भए प्रहरीले भन्दा पनि धेरै यातना पाउथे होला, दोहरो यातना । तयतिवेलार् इन्दु दाईलाई वाग्लुङ जेलमा राखेको थियो र यम शर्मालाई गोदाम थानामा राखेको थियो । यम शर्मा र म सगै वस्यौ ।

समावेशीको कुरा गर्दा समावेशी भनेको के हो -

खासगरी समावेशी भनेको राज्य संरचनाका सवै क्षेत्रमा अवसर र अधिकारको समान प्रयोग हो । अहिले सम्मको नेपालको राज्य संरचनामा अवस र अधिकारको समान वितरण भएको छैन । सम्पर्ूण्ा अवसर र अधिकारहरु अत्यन्तै सिमित जाति भनौ वा अभिजात्य वर्गको हातमा रहेको र ठूलो संख्यामा रहेको वर्ग पछि परेको वर्तमान अवस्था छ । त्यसकारण जव अवसर र अधिकारमा सवैको समान पहुँच रहने अवस्था आउछ त्यतिवेला समावेशी भएको ठान्नु पर्छ ।

के समावेशी लोकतन्त्र भयो भने सवै सन्तुष्ट रहने अवस्था सृजना हुन्छ -

समावेशी लोकतन्त्र भनेकै प्रजतन्त्रभित्र पनि हुन सक्ने कमजोरीहरुलाई समाप्त पार्ने पद्धति हो । समावेशी लोकतन्त्रको अवधारण पूरानो होइन । यो प्रजातन्त्रका विसंगतिहरुलाई समाप्त पार्ने उद्धेश्य राखेर प्रतिपादित नयाँ पद्धति हो । यसले समानुपातिक प्रतिनिधितवको सिद्धानतलाई अगाल्दछ । हाम्रो जस्तो वहुजातीय , वहुभाषीय , वहुसास्कृतिक आदि सामाजिक संरचना भएको मुलुकका लागि यो सिद्धान्त अनुकुल हुन्छ । यदि इमान्दारीपर्ूण्ा तरिकले समानुपतिक प्रतिनिधित्वको अवस्थालाई अगाल्न सकियो भने सन्तुष्ट रहने अवस्था सृजना हुनसक्छ ।

के यहाँ समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई अगाल्न सकिन्छ त -

नसकिने कुरै छैन, सकिन्छ । हो नेपाल अल्पसंख्यका रुपमा रहेको वाहुन जातिको जातीय प्रभूत्व भएको देश हो । राज्यका सम्पर्ूण्ा संरचनाहरु यो जातिको हातमा छ । जातीय प्रभूत्वका आधारमा राज्यको संरचना कव्जा गर्नु पर्छ भन्ने मान्यता अन्य तथाकथित जातहरुले लिने गरेका पनि छन् जसले क्षेत्रीय तथा आवसीय पभूत्व आफुमा भएको ठान्दछन् । दक्षिण अफि्रकामा न्यून प्रतिशतमा रहेका गोराहरुले त्यहाँको सम्पर्ूण्ा राज्य संरचनामा उनिहरुको प्रभूत्वमा थियो तर त्यहाँ समानुपातिक प्रतिनिधित्वको अवस्था सफल भयो ।

समानुपातिक प्रतिनिधित्वको अवस्थालाई कहिले दखि सुरु गर्नुपर्छ -

जतिवेला सोचिन्छ त्यतिवेलादेखिनै सुरु गर्नुपर्छ । मुलुक संविधानसभामा जाने कुरा भएको छ , संविधानसभाको निर्वाचन प्रणालीलाईनै समानुपातिक प्रतिनिधित्वको मोडल वनाउनु पर्छ । अनतरिम संविधानमा यो कुरा समावेस हुनु जरुरी छ । अर्को कुरा समानुपातिक प्रतिनिधित्वका विषयमा स्पष्ट हुनु पर्ने कुरा के छ भने समानुपतिक प्रतिनिधितव दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा कि जाति , धर्म वा सास्कृतिक समुहको मत प्रतिशतका आधारमा - भन्नै पर्दा समानुपातिक प्रतिनिधित्व जातीय मत प्रतिशतका आधारमा हुनर्ुपर्छ ।

नभए के हुन्छ -

दर्ुभाग्य हुन्छ । एउटाले वन्दुक विसाउछ ,अर्कोले वोक्छ । अर्कोले आफ्नो अधिकार खोज्छ । अधिकार खोज्ने क्रम जारी रहिरहन्छ । अनिर् इतिहास दोहरी रहन्छ र्।र् इतिहाको पुनरावृति भैरहन्छ र्।र् इतिहासले विश्राम पाउदैन । हुने परीणम त सवैलाई थाहै भएको कुरा हो । त्यसैले अव कुनै पनि राजनीतिक दल भन्नुहोस् वा राजनीतिक सिद्धान्त भन्नुहोस् सामन्ति परम्पराका संरक्षक र नव समन्तवादका आडमा वाच्न सक्दैनन् ।

नेपाली दलितका लागि कस्तो राजनीतिक व्यवस्था हुनु पर्छ -

राजनीतिक व्यवस्था त समावेशी लोकतन्त्र नै हुनु पर्छ । यसमा राज्य संरचनामा समान प्रतिनिधित्व दिनका लागि जातीय मत प्रतिशत आधारमा वा आरक्षणको सिद्धान्त अपनाउनु पर्छ । आरक्षण अनिवार्य भैसकेको छ ।

अन्तमा,....

तपाईलाई मन पर्ने के हो -

तृष्णा ।

तपाईलाई मन पर्ने खाना क ेहो -

भोक ।

कमजोरी -

खुरापात गर्न नजान्ने ।

खुसीको क्षण -

२०५४ सालमा जव राष्ट्रिय सभाको टिकट पाए र उमेर पुगेन । किनकि पार्टर्ीी उमेर नपुग्दै मूल्याङ्कन गयो ।

अन्य केही भन्नु छ कि -

मलाई ति दर्ुइ वच्चिहरुलाई भेटन मन छ । जसलाई गालि गर्दा दलितले वहुनकि छोरीलाई गालि गयो भन्ने अभियोगमा नारायण मा.वि. को शिक्षकवाट निकालिएको थिए । मलाई वाटो देखाउने तिनिहरु नै हुन् । यो २०३९ सालको कुरा हो । तिनिहरुले मलाई धेरै गुन लगाएका छन् ।