My Opinion:

It is my great pleasure to join you for the occasion of the greatest demonstration for the emancipation from racial discrimination in the history of our country.

Four and half decades ago, a king of Nepal announced ‘Civil Codes’ to end the racial discrimination prevailed in the society from the ages, established by the orthodox Hinduism. This momentous decree came as a hope of millions of so-called Depressed people who had been oppressed in the name of caste and had been seared in the flame of withering justice...

View More

गौर घटनाले के सिकायो के सिक्यौ -
गौर घटनाले के सिकायो के सिक्यौ -
 रौतहटको गौरमा हालै भएको नरसंहारको जतिनै कडा शब्दमा निन्दा गरेपनि अपुरो हुनजान्छ । गौर घटना मानवता विरोधी जघन्य अपराध हो । यस घटनाले लमजुङ्का शिक्षक मुक्तिनाथ अदिकारीको हत्या तथा चितवन वस हत्या काण्ड जस्त अमानविय हत्या काण्डहरुलाई पनि विर्स्ााउने काम गरेको छ । गौर मानवता विरोधी जघन्य हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको हुन सकेन भने यसले भावी दिनमा ल्याउने परिणाम अझ खतनाक हुने संकेत देखा परिरहेको छ । नेकपा माओवादीका कार्यकर्ता र मधेसी जनअधिकार फोरमका कार्यकर्ताको बीचमा आमसभा गर्ने स्थनको विषयलाई लिएर भएको विवादमा हिंसा भडकँदा भएको नरसंहारले आम नेपालीको मनमा फेरी एकपटक चिसो पसेको छ । ११ वर्षलामो माओवादी जनयुद्धबाट आक्रान्त बनेका नेपाली गौर घटनाबाट फेरी एकपटक विगत स्मरण गर्न पुगेका छन । गौर घटना शान्तिपर्ूण्ा प्रक्रियामा फर्किसकेको माओवादी र तराइवासीको अधिकारका लागि आन्दोलन गरिरहेको फोरमका कार्यकर्ता बीच भएको मुठभेडबाट भए पनि यसमा भारतीय अतिवादी संलग्नता रहेको प्रारम्भिक अनुमान सबै पक्षबाट गरिएको छ । मदेशी आन्दोलनमा कुनैन कुनै रुपमा देशी विदेशी अतिवादीहरुको घुसपैठ भएको कुरालाई नकार्न नसकिने कुरा त्यो गौर घटनाले पुष्टि गरेको छ । घटनाहरुको प्रकृतिले पनि यसलाई पुष्टि गर्दै लगेको छ । यो नेपालको शन्तिप्रक्रियामा निकै चुनौतीपर्ूण्ा कुरा हो । धर्म, जाति तथा संप्रदायको नाममा भडकन सक्ने हिंसालाई बेलैमा रोक्न सकिएन भने यसले नेपाल र नेपालीको अस्तित्वलाईनै समाप्त पार्न बेर लगाउँदैन । एउटा र्सार्वभौम राज्यसँग आफु धर्मनिरपेक्ष भएर बस्छु भन्ने अधिकार हुन्छ । यदी यसमा आक्रमण भएको हो भने हामीले हाम्रो राष्ट्रिय सुरक्षालाई कसरी मजवुत बनाउने हो भन्ने सम्बन्धमा निर्ण्र्ाालिन अब ढिला गर्नु हुदैन । निश्चय पनि नेपालमा हिन्दू धर्मको बाहुल्य छ तर उल्लेखनीय संख्यामा अन्य धर्मालम्वीहरु पनि रहेका छन् । परम्परागत रुपमा धार्मिक साहिष्णुता र संद्भाव नेपाली समाजको सवल पक्ष रहेको छ । तर हिन्दू धर्मको नाममा जयस्थिती मल्ल र त्यसपछि जङ्ग बहादुरको पालावाट अझ मजवुत गरिएको जातिय शोषण र वंचितीकरण नेपाली समाजमा जडसूत्रका रुपमा रहेको छ । सदियौं देखि जगहालेर बसेकोे यो जात-भात छुवाछुत 'तल्लो' र "माथिल्लो" भन्ने जस्तो कलङ्क र सामाजिक शोषणको विरुद्ध एकताबद्ध भएर हरेक क्षेत्रमा संर्घष्ा गर्नु र नेपालको आधुनिक सांस्कृतिक अस्तित्व निर्माण गर्नु आवश्यक भैसकेको थियो । यही आवश्यकतालाई मध्येनजर गरेर जनबलबाट पर्ुनस्थापित भएको संसदले नेपललाई धर्मनिरपेक्ष राष्ट्रको घोषणा गरेको हो । धर्म जस्तो विषयमा संसदबाट भन्दा पनि संविधान सभा वा जनमत संग्रहबाट निर्ण्र्ाालिनुपर्ने आवज त्यसबेला पनि नउठेको होइन र त्यो गर्नु पर्ने पनि हो । गरिएन, भूल भएको छ । तर जनआन्दोलनबाट स्थापित संसदले जनताकै पक्षमा निर्ण्र्ाालिँदा नराम्रो नहुने सोचेरनै यो कदम चालिएको हो । संसदको निर्ण्र्ााप्रति नेपालका हिन्दुहरुको आपत्ति नहुँदा पनि भारतीय हिन्दुअतिबादीहरु यसको विरुद्धमा लागेको प्रष्ट हुँदै गएको छ । यो अतिनै आपत्ति एवं खेद जनक कुरा हो । यसका विरुद्ध सारा नेपाली एकजुट भएर यसको प्रतिकारमा उत्रनुवाहेको अर्को विकल्प छैन । धार्मिक आस्था र परम्पराले मानिसको व्यक्तित्व निर्माण र सामाजिक अन्तरसम्वन्धको संरचना स्थापित गर्न मद्दत् पुर्‍याउछ र योे सांस्कृतिक पहिचानको महत्वपर्ूण्ा अङ्ग हुन आउँछ । जुनसुकै धर्ममा पनि हुने मानव चिन्तनका थुप्रै पक्षहरु मानवीय चेतनाको विकासको साथै मानव समुन्नति, स्वभिमान र सम्मानको दृष्टिकोणले क्रान्तिकारी हुन्छन् तर धर्मको नाममा खडा गरिएका थुप्रै परम्परा र संस्कार मानव शोषण र अवनतिका कारक तत्वको रुपमा पनि रहेका छन् । मानव इतिहासको क्रममा धर्मको नाममा हुने बिकृति र शोषणलाई शासकीय र्समर्थन र संरक्षण रहने र शासकवर्गको आर्थिक र सामाजिक शोषणलाई धार्मिक संरचनाले र्समर्थन गरी सामाजिक यथास्थिति र सामन्ती शोषण सँगै रहेको तथ्य देखापर्ने गरेको छ । यसमा समयानुकुल परिवर्तन गर्नु आवश्यक हुन आउँछ जुन संसदको घोषणाबाट गर्न खोजिएकोमात्र हो । सबै पक्षको समान मान्यता दिने सिद्धान्त कुनै पनि हालतमा नराम्रो मान्न सकिदैन । र नराम्रो मान्ने गल्ति पनि गर्नु हुन्न ।

गौर घटनाले नेपालको राष्ट्रिय राजनीतिमा थुप्रै पाठहरु सिकाएको छ । नेपालको शान्तिप्रक्रियामा भारतीय रवैया, माओवादी चिन्तन र निकासका लागि चाल्नु पर्ने भावी कदम आदि । माओवदीहरुको अतिवादी सोच छोड्न नसकेको धमिलो स्वरुप पनि यो घटनाले देखाएको छ । तराइवासीको अधिकारका लागि आन्दोलनमा उत्रेको बताउने फोरमको पछि को लागेको छ भन्ने पनि प्रष्ट हुँदै गएको छ । संविधान सभा अगाडि तर्राईका लागि गर्न सकिने सम्मका सबै काम सरकार र संसदबाट भैसकेको अवस्था छ । तर्राईवासीले आफ्नो अधिकारका लागि उठाएका अधिकाँश माग पुरा भैसकेको अवस्थामा पनि विरोधलाई अगाडि बढाउँदा तराइ अहिले मानव रगतको भेलमा डुबेको अवस्था छ । तर्राईकै मागमा रातारात् अन्तरिम संविधान पनि संशोधन गरियो । तर्राई आन्दोलनमा संशोधनले कुनै प्रभाव पारेन । गौरमा भएको मानवसंहारले तर्राईको मागलाई विषयान्तर गरिदिएको छ । अधिकारको लागि आवाज उर्ठाईएको हो भने माग पुरा हुँदा र थप मागका लागि सरकारले वार्ताको लागि आव्हान गर्दा वार्ता बस्नु पर्छ जुन फोरमबाट भैरहेको छैन । किन - भन्ने प्रश्नले उत्तर खोजि रहेको छ तर उत्तर मिलिरहेको छैन । गौर घटनामा माओवादी चिन्तन पनि उतिकै दोषपर्ूण्ा देखिन्छ । आफ्नो अधिकारका लागि पदर्शनमा उत्रेका तराइवासीमाथि माओवादी कार्यकर्ताले लाहानमा जब पहिलो पटक गोली प्रहार गरे त्यसपछि तराइबाट माओवादीलाई किनार लगाउने अभियाननै चलेको देखिन्छ । बन्दुकको राजनीति छोडेर बीचारको राजनीतिमा फर्केपछि पनि माओवादीहरुले हतियारको दम्भ त्याग्न नसक्दाको परिणती पनि हो गौर घटना भन्नेे दोष उनिहरुमाथि लागेको छ । माओवादीबाट छुट्टएिका गोइत र ज्वालसिंहहरु पनि अहिले फोरमको आडमा तर्राईमा अशान्ति मच्याइरहेका छन । माओवादीले बाइप्रडक्ट र कचेडा भन्ने गरेपनि उनिहरु माअेवादीकै असल शिष्य हुन् र उनीहरुले माओवादीलाई तराइमा सहज ढंगले राजनीतिक गतिविधि गर्न नदिने देखिएको छ । लोकतान्त्रिक परिपाटीमा शान्तिपर्ूण्ा राजनीति गर्ने कोही पनि कतैबाट प्रतिबन्धित हुनुहुदैन । माओवादीलाई अहिले विजयको जुन भ्रमपर्ुण्ा उन्माद छ यसबाट उसले आफु इतर बिचार राख्नेलाई दवाएर राख्ने सोच राखेको देखिन्छ । माओवादी आफ्नो विरुद्धमा आवाज उठाउनेहरुलाई समाप्त गर्न चाहन्छ त्यो पनि भौतिक रुपमा शान्तिपर्ूण्ा राजनीतिमा यो संभव हुदैन । बीचारको राजनीति गर्दा बिचारबाटनै आफ्ना प्रतिद्वन्द्वीलाई परास्त गर्न सक्नर्ुपर्छ जुन माओवादीले गर्न सकिरहेको छैन । यसले पनि माओवादी तराइ र अन्यत्रपनि मुठभेड र धम्किकै भाषामा आफ्नो राजनीतिक स्थान बनाउन खोजिरहेको छ जुन संभव छैन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले फोरमलाई प्रतिवन्ध लगाउनु पर्ने प्रतित्रिया दिनुभएको छ यो पनि हतारको हतास अभिव्यक्ति हो ।

नेपालको हरेक राजनीतिक परविर्तनको साक्षीको रुपमा रहेको निकट छिमेकी भारतको रवैप्रति पनि सचेत रहन ढिला भैसकेको छ । सात राजनीतिक दल र नेकपा माओवादीको बीचमा राजनीतिक लगनगाँठो जोडिदिएर नेपालमा लोकतन्त्र स्थपाना गर्न भारतले जुन भूमिका खेल्यो यो प्रशंसायोग्य रहदारहदैपनि पछिल्लो पटक तराइमा शुरु भएको विरोध पर््रदर्शनमा भारतले आफ्नो पनि स्वार्थ गाँसिएको देख्नु चाँही दुखःद कुरा हो । नेपालका माओवादीलाई संसदीय धारमा विलय गराउन सकियो भने भारतका माओवादी पनि कमजोर हुन्छन र आफ्नो हितमा प्रयोग गर्न सकिने अर्को शक्तिको जन्म गराएर नेपालमा राजनीतिक खेल खेलिरहने सोच भारतले राखेको देखिन्छ । यो एउटा असल र निकट छिमेकीले गर्न सुहाउने काम होइन । नेपाली राजनीतिक दल र नेताविषेशलाई पुलपुल्याउने र मौका पाउने वितिकै खेल खेल्ने भारतीय प्रवृतिमा परिवर्तन हुन जरुरी छ । माओवादीले पनि आफ्नो शैलीमा परिवर्तन गर्नु जरुरी छ । गौर घटनाको सम्बन्धमा छानविन गर्न समिति गठन भैसेको र यसको प्रक्रिया पनि शूरु भैसकेको अवस्थामा सरकारलाई दवाव दिने वहानामा आन्दोलन गरेर स्थितिलाई असामान्य बनाउने काम गर्न हुदैन । माओवादीद्वारा गौर घटनाका संवन्दमा संसदमा पेस गरेको विशेष प्रस्ताव पनि संसदवाट अनुमोदन भैसकेको छ । माओवादी अहिले संसददेखि सडकसम्म आन्दोलन गर्ने मनस्थितिमा देखिएको छ । गौरमा जस्तै अन्यत्रपनि माओवादी पर््रदशनमा गलत तत्वको घुसपैठले अर्को नरसंहार भयो भने त्यसको जिम्मेवारी माओवादीले लिने कि नलिने - यो प्रश्नपनि माओवादी अगाडि आउने निश्चित छ ।

जे होस् यतिवेला मुलुक असमान्य परिस्थितिवाट गुज्रिरहेको छ । मुलुकले आम सहमति खोजिरहेको छ । यसकारण जसअपजस् सवैले शेयर गर्न सिक्नु पर्छ । राम्रो भए जस लिन कस्निे र दोश जति वृद्ध प्रधामन्त्री गिरिज प्रसाद कोइरालाको टाउकोमा थोपर्ने प्रवृति यतिवेला देखिएको छ, यो राम्रो पक्ष होइन । प्रधानमन्त्री गिरिजा प्रसादको निद उडाउने काम इतर राजनीतिक दलहरुवाटमात्र होइन भितर पक्षवाट पनि भएको छ । खासगरी मुलुकमा गृह प्रशासन अत्यन्तै कमजोर भएका कारण गिरिजा प्रसाद कोइरालाको क्रान्तिकारीता यतिवेला ओझेमा परेको गुनासो सुन्नमा आउछ । अर्काले काम नगरिदिदा वृद्ध र अस्वस्थ हुदाहुदै पनि सवै परिस्थितिसंग जुध्न सधै तयार रहने प्रधानमन्त्री माथी यो गुनासो रहनु उहाँमाथी अन्याय भएको र्ठहर्छ । एमालेले जनआन्दोलन-२ मा केवल कम्युनिष्ट पार्टर्ीीमालेको मात्र प्रभावकारी भूमिका थियो भनेर जनआन्दोलनको संपर्ूण्ा जस आफैले लिन खोज्नु अत्यन्तै हास्यस्पद भएको र्ठहर्छ । किनभने दाम चढाएर राजा ज्ञानेन्द्रलाई सलामि टक््रयाउने पार्टर्ीीमाले होकि होइन - आनदोलन भैरहेकोवेलामा जनतालाई सडकामा अलपत्र छोडेर राजा ज्ञानेन्द्रको हण्डी खान एमाले गएको होकि हेइन - लाग्छ एति छिटै नेपाली जनताले विर्सिसको होलान भन्ने लाग्दैन । अर्कोतिर नेकपा माओवादीले अफ्ठ्यारो खोते थापेर समयको फाइदा लिनेकाम पनि गर्न छोड्नर्ुपर्छ । सवै कुरा अन्तरिम संसदले नै गर्ने हो भने संविधानसभाका निर्वाचनमा जान केको जरुरी - यदि हामी जनताका असलि जनप्रतिनिधि हौभने जनताको अभिमतलाई नकार्न मिल्दैन । यतिवेला राजनीतिक दलहरुवाट पनि जनताका थुप्रै अभिमतहरु खोसिएको अवस्था छ । यस कुरामा सवै सच्चिन जरुरी छ । गौर घटनाले कस्को केकति क्षति भयो भन्नुभनदा पनि जनताको अभिमतमा ठेस पुयाएको छ । सवैमा चेतना भए ।

-लेखक- सांसद नेपली कांग्रेस अन्तरिम व्यवस्थापिक)